ad ad

फोटोफिचर


एमसीसीले ‘रणमैदान’ बन्यो बानेश्वर क्षेत्र (फोटो फिचर)


विक्रम राई
फागुन ४, २०७८ बुधबार १५:२३, काठमाडौँ

सरकारले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने तयारी गरेसँगै देशभर प्रदर्शन चर्किएको छ।

नेत्रविक्रम चन्द विप्लवसहितका ६ दलले नेपाल बन्द आह्वान गरेको दिन बुधबार दिउँसो काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितले प्रदर्शन गरे।

प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भयो। त्यसक्रममा निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन दक्षिण गेटसम्म पुगे। 

प्रदर्शनकारीलाई रोक्न तैनाथ प्रहरीले निषेधित क्षेत्रतिर आउन नदिन पानीको फोहरादेखि अश्रुग्याससम्मको प्रयोग गरे।

प्रहरी धरपकडमा उत्रिएपछि प्रदर्शनकारी पनि जाइ लागे। त्यसक्रममा प्रदर्शनकारीले इँटा र ढुंगासहितले प्रहरीलाई जवाफ फर्काए।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा नयाँ बानेश्वर क्षेत्र रण मैदान जस्तै देखिएको छ। अहिले पनि त्यो क्षेत्र तनावग्रस्त छ।

बुधबारै सत्तारुढ पाँच दलबीच सहमति नभएपछि सरकारले एमसीसीलाई संसदमा लैजाने निर्णय गरे। कानुन मन्त्री दिलेन्द्र बडुले शुक्रबारको संसदमा एमसीसी पेश गर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .