ad ad

फोटोफिचर


भाटभटेनीमा पनि महानगरको डोजर, कोटेश्वरका अवैध संरचना हटाउँदै (तस्बिरहरु)


विशाल कार्की
भदौ २६, २०७९ आइतबार १६:१८, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सडक र फुटपाथ अतिक्रमण गरेर बनाइएका अवैध संरचना धमाधम हटाउन थालेको छ।

एक साताअघि मात्रै कोटेश्वरस्थित अवैध संरचना हटाएको महानगरले आइतवार फेरि त्यस क्षेत्रमा डोजर चलाएको छ।

महानगरले आइतवार कोटेश्वरको भाटभटेनी सुपरमार्केटले स्टोरका रुपमा प्रयोग गरेको बेसमेन्ट खाली गरेको छ।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टको पार्किङका लागि  नक्सा पास भए पनि स्टोरका रुपमा प्रयोग गरिएकाले खाली गरिएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए।

त्यस्तै भाटभटेनी क्षेत्रमा रहेका अवैध संरचना पनि डोजर लगाएर हटाइएको छ। उता महानगरको डोजरले अहिले तीनकुने-कोटेश्वर क्षेत्रका अवैध संरचना धमाधम भत्काइरहेको छ।

यसअघि अल्टिमेटमसहित दिइए समयमा फुटपाथ ढाकेर बनाइएका भर्‍याङसहितका संरचना नहटाएपछि डोजर चलाइएको हो। 

महानगरले फुटपाथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटेल, भर्‍याङ र टहरा धमाधम भत्काएर सफाइ अभियान चलाइरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .