नेपालीहरुको महान चाड बडादसैँ आजबाट सुरु भएको छ।
आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेका छन्।
दसैँ सुरु भएसँगै पढाई, रोजगार र व्यापारको सिलसिलामा काठमाडौं आएकाहरु धमाधम गाउँ फर्किन लागेका छन्।
यही बेला काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड बढ्दै गइरहेको छ।
असन, इन्द्रचोक, न्युरोड, विशालबजार लगायत क्षेत्रमा केही दिनदेखि सपिङ गर्नेको भीड लाग्न थालेको हो।
171
Shares
प्रतिक्रिया