विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट हुन सफल क्रिकेट टोलीलाई आज दशरथ रंगशालामा सम्मान गरिएको छ।
रंगशालामा जारी सहिद स्मारक ए डिभिजन लिगका बीच एन्फाले कार्यक्रम आयोजना गरी क्रिकेट खेलाडीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र एन्फाका अध्यक्ष पंकज नेम्वाङले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई खादा, मालासहित सम्मान गरेका हुन्।
हेर्नुहोस् तस्बिर
चैत ४, २०७९, शनिबार
प्रतिक्रिया