फोटोफिचर


न्याय खोज्दै सडकमा उत्रिए लघुवित्त पीडित (तस्बिरहरू)


सरोज नेपाल
साउन १०, २०८० बुधबार १४:२१, काठमाडौँ

लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेका छन्। 

‘लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।

बुधबार बिहान माइतीघर मण्डलमा भेला भएर संसद् भवन घेराउ गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्।

आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ।

पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूलाई दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्नुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .