ad ad

फोटोफिचर


बागमतीलाई सम्झाउने कुनमिङ सहरबीचको पाङ्लोङ (तस्बिरहरू)


ज्ञानेन्द्र खड्का
असोज २४, २०८० बुधबार ८:११, कुनमिङ, चीन

प्राकृतिक सुन्दरताले भरिएको चीनको दक्षिणी सहर प्रान्त युन्नानको ठूलो सहरबीचबाट बग्छ पाङ्लोन नदी। करिब ९० लाख मानिस बसोबास गर्ने यो सहरले पाङ्लोङलाई काठमाडौंले बामगतीलाई जस्तै इज्जत गर्छ।

पाङ्लोङ नदी कुनुमिङकाबासीको जीवनशैली भएको छ। जसले सहरको सुन्दरता मात्रै बढाएको छैन, सहरका कयौँ मानिसको जनजीविकासँग पनि जोडिएको छ।

चीनको दक्षिण-पश्चिम सीमामा अवस्था यो नदीलाई कुनमिङकी आमाका रुपमा समेत चित्रण गरिन्छ।

तीव्र औद्योगिकरण र जनघनत्वका कारण पाङ्लोङ पनि कुनै बेला विरुप बनेको थियो। कुनमिङको बीचबाट विस्तारै गन्तव्यतिर लागिरहेको यो नदीमा औद्योगिक फोहोरका कारण कुरुप बनेको थियो। 

यो नदी ठूलो मात्रामा औद्योगिक फोहोर पानी बिसर्जन र नगरपालिकाको फोहोरका कारण प्रदूषित भएको थियो। तर यसलाई कुनमिङ नगर सरकारले विस्तारै पुरानै अवस्थामा फर्काउँदैछ। 

पाङ्लोङ, उहुआ र गुआन्डु जिल्ला हुँदै उत्तरबाट दक्षिणतिर अघि बढेको यो नदी युन्नानकै विशासलमध्ये एक टियान्ची तालमा गएर मिसिन्छ।

पश्चिममा लियाङ्गवाङ्ग पर्वतबाट सुरु भएर बहने यो नदी अजिइङ्ग र लायन पर्वत श्रृंखला हुँदै कुनमिङको सहरकबीचबाट अघि बढेको छ। 

सहरका सयौँ मानिसको जीवनसँग जोडिएको यो नदी कुनै बेला सहरी प्रदूषणको सिकार भएर प्रदूषित थियो। तर अहिले यसले पुनर्जीवन पाउँदै प्राकृतिक स्वरुपमा फर्किँदैछ।

सन् १९९० को दशकमा देशकै कुरुप युन्नानको टियान्ची ताल सफाइसँगै पाङ्लोङलाई पनि पुनर्जीवित गराउने अभियान थालिएको थियो। जसका लागि विद्यार्थी, युवादेखि वृद्ववृद्धासम्मलाई अभियानकै रुपमा संलग्न गराइएको थियो। 

चीनले १९९० को दशकदेखि नै थालेको सफाइ अभियनका कारण आज पाङ्लोङ सहरको आकर्षक नदीका रुपमा फर्किएको छ। उता टियान्ची ताल पनि पर्यटकको केन्द्र बनिरहेको छ। 

कुनमिङ सहर छिचोलेर बग्ने पाङ्लोङको फोहोर टियान्ची तालमा पुग्नै नदिने चिनियाँ रणनीतिले अहिले काम गरेको छ। अहिले टियान्ची र पाङ्लोङ युन्नानका पर्यटकी प्रतिष्ठा पनि बनेका छन्। 

यसरी सहरबीचको नदीलाई सफा राख्ने अभियानसँगै अहिले यो नदीमा बोटिङ पनि हुन्छ। यो नदीलाई सहरबासीले सजाएर चिटिक्क बनाएका छन्। बिहान र साँझको समयमा झिलिमिली बनाइयो नदी किनारमा स्थानीयबासी र पर्यटकका लागि आवश्यक सबै सुविधा पाइन्छ।

खासगरी साँझको समयमा थरीथरी रंगका बत्ती बाल्दा पाङ्लोङ झन् सुन्दर देखिन्छ। नदीका दुवै किनारमा थरी थरी प्रजातिका फूलदेखि रुखहरुले हरियाली बनाइएको छ। 

सुस्त गतिमा सहरबीचबाट बगिरहेको पाङ्लोङ किनारमा साँझको समयमा टहलिने युवायुवतीभन्दा धेरै प्रौढ र वृद्धवृद्धा देखिन्थे।

नदी किनारमै शारीरिक अभ्यासस्थल बनाइएको छ भने मर्निङ र इभिनिङ वाकका लागि व्यवस्थित पैदल मार्ग पनि छ। सँगै विद्युतीय स्कुट र साइकल कुदाउने अलग्गै लेन पनि। नदी दायाँबायाँ रोपिएका बोटबिरुवामा चराचुरुङ्गीको चिरबिर पनि रमित लाग्दो दृश्य थियो। 

बगैंचाका सुन्दर दृश्य, समुद्री तटको जस्तै मन बहलाउने ठाउँ, नि:शुल्क वाइफाइ सुविधाले मानिसहरुका लागि थकान मेटाउने गन्तव्य बनेको छ कुनमिङबीचको पाङ्लोङ। 

काठमाडौंमा बागमती, विष्णुमती र हनुमन्ते जस्ता नदीले दुर्दशा भोगेर मृतप्राय: भएको अवस्थामा नदी सफाइको गतिलो पाठ बन्न सक्छ पाङ्लोङ।

काठमाडौं उपत्यकाका नदी नदी सफाइमा नेपाल सरकाको अभियानले अझै सार्थकता पाउन सकेको छैन। तर चीनले पाङ्लोङ र तियान्ची तालमा जनताको साथ लिएर गरेको सफाइ अभियान काठमाडौंका लागि उदाहरण हुन सक्छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .