फोटोफिचर


यस्तो छ एमाले अभियानको अन्तिम बिन्दु चिवाभञ्ज्याङ (तस्बिरहरू)


सुमन ढुंगाना
पुस १, २०८० आइतबार १२:६, काठमाडौँ

मङ्सिर १४ गतेदेखि सुरु एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको छ। 

बैतडीको झुलाघाटबाट सुरु भएको यो अभियान करिब २ हजार किलोमिटरको यात्रापछि टुंगिन लागेको हो। 

अभियानको समापनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार पाँचथर सदरमुकाम फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगेका छन्। 

एमाले उपमहासचव पृथ्वी सुब्बा गुरुङ र सचिव गोकर्ण विष्टसहितको टोली चिवाभञ्ज्याङ पुगिसकेकाे छ।  

पाँचथरको याङवरक गाउँपालिका १ र भारतको सिक्किमसँग सिमाना जोडिएको चिवाभञ्ज्याङसम्म सडक पुगेको छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवासम्म नेपालतर्फबाट गाडी गुड्न थालेपछि चिवाभञ्ज्याङ चर्चामा आएको थियो। अहिले एमालेको अभियानले यो ठाउँले चर्चाको नयाँ उचाइ पाएको छ।

सिमाक्षेत्रसम्म सडक पुगेपछि नेपाल-भारत दुवैका लागि महत्वपूर्ण यो ठाउँ चिवाले चर्चामा आएको हो। नेपालतर्फबाट सीमाक्षेत्रसम्म गाडी गुडिसकेको छ। यो ठाउँमा पहिलो पटक एमालेका शीर्ष नेताहरूको ठूलो टोली पुगेको हो। 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक महिने जनसंवाद यात्राको थालनी चिवाभञ्ज्याङबाटै गरेका थिए। 

यता मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा यो यात्रा थालिएको थियो। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .