यो वर्षको हिउँदयाम सकिएको छ। हिउँदयाम सकिएसँगै आइतबार काठमाडौंसहितका देशका विभिन्न भागमा प्रिमनसुन वर्ष भएको छ।
काठमाडौँ उपत्यकामा पहिलोपटक आज (आइतबार) भिजाउनेगरी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा बिहानैदेखि मौसम बदली र वर्षा भएको हो।
पछिल्लो ३ घण्टामा सबैभन्दा बढी सुन्दरीजलमा ७.४ मिलिमिटर वर्षा भएको छ। त्यसक्षेत्रमा अहिले पनि पानी परिरहेको छ।
वर्षा भएपछि काठमाडौँमा पैदलयात्रीले छाता लिएर हिँड्नु परेको छ। त्यस्तै दुई पांग्रे सवारी चालकहरूले रेनकोट र वर्षादी ओढ्नुपरेको छ।
मार्च १ देखि नेपालको मौसम प्रिमनसुनमा प्रवेश गरेको छ। प्रिमनसुन लागेको तेस्रो दिनमै काठमाडौँ उपत्यकाामा राम्रैसँग वर्षा भएको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ महिनालाई विन्टर सिजन अर्थात् हिउँदयाम मानिन्छ।
Shares
प्रतिक्रिया