महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पशुपतिनाथको मन्दिर परिसरमा बाबाजीहरूको भीड लाग्न थालेको छ।
शुक्रबार परेको महाशिवरात्रि पर्वका लागि सातअघिबाटै पशुपतिक्षेत्रमा बाबाजीहरू जम्मा हुन थालेका हुन्।
बुधबार नेपालखबरकर्मी पशुपति परिसर पुग्दा अनेक भेष र रंगमा देखिएका बाबाजीहरू नाचगानमा व्यस्त थिए।
शिवरात्रि पर्वमा नेपालसहित भारतका कयौँ ठाउँबाट पनि बाबाजीहरू आउने गरेका छन्।
उनीहरूलाई पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसमेत दिँदै आएको छ।
243
Shares
प्रतिक्रिया