राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको प्रदर्शनका कारण काठमाडौंको भद्रकाली, माइतीघर, सिंहदरबार र त्रिपुरेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ।
भद्रकालीबाट निषेधित क्षेत्र तोकिएको सिंहदरबारतर्फ प्रदर्शनकारी अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ।
निषेधित क्षेत्रतिर जान नदिन भन्दै प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरासमेत हानेको छ।
राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा नेपाली सेनाको जंगीअड्डा अगाडिको पेट्रोल पम्पक्षेत्रसमेत तनावग्रस्त भएको छ।
प्रहरीले अहिले भद्रकाली क्षेत्रमा पानीको फोहोरा हान्न गाडी तयारी अवस्थामा राखेको छ। त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि तैनाथी अवस्थामा छ।
258
Shares
प्रतिक्रिया