फोटोफिचर


चचहुईऽऽऽ!


सरोज बैजु
असोज २३, २०८१ बुधबार १९:१३, काठमाडौँ

यतिबेला दसैँको माहोलले छपक्कै छोपेको छ। के गाउँ के सहर, बालकदेखि युवायुवती र वृद्धवृद्धाहरूसमेत चाडपर्वको आनन्द लिइरहेका छन्।

प्रदेशबाट स्वदेश फर्कने र सहरबाट गाउँ जानेको ताँती लागिरहेको छ। बजार, पसलहरूमा मानिसहरू दसैँका लागि आवश्यक सामान जोहो गर्न व्यस्त छन्।

बालबालिका तथा युवायुवतीहरू आफ्ना आफन्तजन तथा दौँतरीसँग भेटघाट गरी चाडपर्वको मज्जा लिइरहेका छन्। लामो सार्वजनिक बिदाका कारण कैयौँ व्यक्तिहरू घुमफिर गर्न तथा आफूलाई मनपर्ने गतिविधिमा संलग्न छन्।

दसैँमा भेटघाट तथा घुमफिरको रमाइलो सँगै पिङमासमेत मानिसहरू झुम्मिरहेका छन्। ठाउँ अनुसार लिङ्गे पिङ, रोटे पिङ खेलेर बालबालिका तथा युवायुतीहरू आनन्द मानिरहेका छन्।

बुधबार अपरान्ह काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित घ्याम्पे डाँडामा पुग्दा पनि यस्तै दृश्य देख्न पाइन्थ्यो। विभिन्न उमेर समूहका मानिसहरू पिङ खेलेर चाडपर्वलाई अझ उत्साहजनक बनाइरहेका भेटिन्थे।

पछिल्लो समय पिङ खेल्ने परम्परा केही हदसम्म कम भएपनि ठाउँ ठाउँमा मानिसहरू पिङलाई चाडको अभिन्न अंगको रुपमा लिएर मनोरन्जन गरिरहेका छन्।

हेरौँ तस्बिरहरू :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad