फोटोफिचर


बालुवाटारमा रास्वपा र प्रहरीको घम्साघम्सी (तस्बिर)


सरोज बैजु
कात्तिक १३, २०८१ मंगलबार १३:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा प्रदर्शन गरेको छ।

रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा उक्त दलले प्रधानमन्त्री निवासनजिकै प्रदर्शनका लागि ठाउँ रोजेको हो।

प्रहरीले प्रदर्शनका लागि भेला भएका केही नेता-कार्यकर्ता प्रकाउ गरेको थियो। प्रहरीले धरपकड सुरू गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी नै चलेको थियो।

प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाउने भन्दै माइकिङ पनि गरेको थियो। रास्वपाको प्रदर्शन रोक्न प्रहरीले सडकमै तारबार समेत लगाएको थियो।

प्रहरीको अवरोधबा बाबजुद रास्वपाले जुलुस र नाराबाजी गरेका थिए।

नाराबाजीका क्रममा उनीहरूले रविको रिहाइसँगै सहकारीपीडितको बचत फिर्ता दिन सरकारसँग माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad