फोटोफिचर


पृथ्वीनारायण शाहको पदमार्ग पछ्याउँदै एकीकरण पदयात्रा (तस्बिर)


सरोज बैजु
पुस २६, २०८१ शुक्रबार १९:५६, काठमाडौँ

नेपाली सेनाको एकीकरण पदयात्रा काठमाडौँ पुगेको छ।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २१ गते गोरखादेखि सुरु भएको पदयात्रा शुक्रबार काठमाडौँ आइपुगेको हो।

गोरखाबाट पदयात्रामा हिँडेको नेपाली सेनाको टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोटको ककनी हुँदै काठमाडौँ आइपुगेको हो।

नेपाली सेनाको मुख्यालयमा विशेष कार्यक्रम गरी शनिबार पदयात्रा समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ।

उक्त पदयात्रा टोलीले नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad