कोरोना महामारी महामरीका कारण व्यापार व्यवसाय प्राय ठप्प छन्। कोरोना नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञाका कारण मानिसको दैनिक जीवन कष्टकर बनिरहेको छ।
दैनिक ज्याला मजदूरी गरेर जीवन धान्ने मानिसहरु यसबाट सबैभन्दा बढी प्रभावित छन्। सिंहदरबारमा शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गरिरहँदा नजिकै वसन्तपुरमा एक छाक खानाका लागि सर्वसाधारणबीच तँछाड मछाड चलिरहेको थियो।
शनिबार वसन्तपुर क्षेत्रमा यस्तै मानिसहरुको भीड थियो। उनीहरुसँग भोक थियो। र कसैले खाना ल्याउँछ कि भन्ने आशा पनि।
यहाँ विभिन्न समूह र व्यक्तिगतरुपमा पनि खाना बाँड्नेहरु आउने गर्छन्। शनिबार पनि केही सहयोगीहरु खाना बोकेर आएका थिए। एक छाक खानाका लागि उनीहरुको तँछाड मछाड थियो। आखिर उनीहरुलाई रोगले भन्दा भोकले ज्यादा पिरोलिरहेको अनुहारमा झल्किन्थ्यो।
हेरौं शनिबार वसन्तपुरमा देखिएका दृष्यः
प्रतिक्रिया