नेकपा माओवादी केन्द्रको आयोजनामा राजधानी काठमाडौँको भृकुटिमण्डपमा खबरदारी सभा सुरू भएको छ।
भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा सभाअघि जुलुस सुरु निकालिएको थियो।
सरकार बाहिर आएर प्रतिपक्षी बनेपछि माओवादीले पहिलो पटक शक्ति प्रदर्शन गरेको हो। सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा भएको थियो। सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन र खबरदारी सभा गर्दैछ।
विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, भ्रष्टाचारजन्य गतिबिधिलाई सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरण, बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन खबरदारी सभा आयोजना गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

































प्रतिक्रिया