बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
माइतीघरमा सरकारको बिरोध गर्दै उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो।
बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो।
51
Shares
प्रतिक्रिया