फोटोफिचर


क्रिकेट मैदानमा नेपाली जोश (तस्बिरहरु)


सरोज नेपाल
फागुन २८, २०७९ आइतबार १४:३९, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत आइतवार भइरहेको खेलमा नेपालले यूएईविरुद्ध सानदार सुरुवात गरेको छ। 

नेपाली टोलीले यूएईले केबल ८ रन मात्रै बनाएको अवस्थामा उसका ४ विकेट झारेको हो। २४९ रनको चुनौती पछ्याइरहेको यूएई नेपालको कसिलो बलिङसामु निरीह भएको छ।

नेपालका लागि कसिलो बलिङका क्रममा ललित राजवंशीले २ विकेट लिइसकेका छन्। त्यस्तै दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले व्यक्तिगत एक एक विकेट लिएका छन्।

सुरुवातमै यूएईका ओपनर र टप अर्डरलाई धरासायी बनाएपछि नेपाली टोली हौसिएको छ। सुरुमै सफलता पाएपछि नेपाली टोलीले मैदानमा खुसी साटे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .