ad ad

फोटोफिचर


ललित राजवंशीको सेलिब्रेसन, जसले यूएईलाई धरासायी बनाए (तस्बिरहरु)


सरोज नेपाल
फागुन २८, २०७९ आइतबार १५:५५, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत आइतवार भएको खेलमा नेपालका लागि ललित राजवंशी एक्लैले ५ विकेट लिए।

यूएईलाई अहिलेसम्मकै फराकिलो हार चखाउने क्रममा ललित एक्लैले ५ विकेट झारे।

युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाउँदा बलिङतर्फ ललितले जादु नै चलाए। 

उनले पहिलो ओभरमै भी अरबिन्दलाई पेवेलियन फर्काए। त्यसपछि पाँचौँ ओभरमा मुहम्मद वासिम ललितको शिकार भए।

त्यसपछि २३ औँ ओभरमा आयन अफजल खानलाई उनैले क्रिजबाट हटाए। त्यसैगरी २३ औँ ओभरमै जाहोर खान ललितको शिकार हुन पुगे। 

उनले यूएईलाई लज्जास्पद हार चखाएपछि मैदानमै बलसहित सेलिब्रेसन गरे। उनलाई सन्दीप लामिछानेसहितले सेलिब्रेसनमा साथ दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .