साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल जारी छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेमिफाइनल खेल हेर्न घरेलु दर्शकको बाक्लो उपस्थिति छ। साफको इतिहासमा एकपटक मात्र भारतलाई पराजित गरेको नेपालका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ।
खेलाडीको मनोबल बढाउन दर्शकहरू बाक्लो संख्यामा रंगशाला पुुगेका हुन्। राष्ट्रिय झण्डा र हुटिङसहित समर्थकको बाक्लो उपस्थिति देख्न सकिन्छ।
आजको खेलमा एक खेलाडी परिवर्तन गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सरु लिम्बुको ठाउँमा पुजा रानालाई परिवर्तन गरिएको छ।
टोलीको कप्तानी एञ्जिला तुम्बाप्पो सुब्बाले गरेकी छिन्।
यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।






















564
Shares

प्रतिक्रिया