प्रतिनिधि सभाको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिएको छ।
काठमाडौँको तीनकुनेस्थित प्रहरी वृत्तमा एक कार्यक्रमको आयोजना गरी निर्वाचन प्रहरीको बिदाइ गरिएको हो। प्रहरी अधिकृतहरूले उनीहरूलाई टीका र खादा लगाएर बिदाइ गरेका हुन्।
फागुन २१ गते भएको निर्वाचनका लागि देशभर १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन गरिएका थिए। त्यस्तै, सशस्त्र प्रहरी मातहत ५ हजार ११० निर्वाचन प्रहरी परिचालन गरिएको थियो।











54
Shares

प्रतिक्रिया