ad ad

राजनीति


मोदीद्वारा मन्त्रिमण्डल पुनर्गठन, ३६ नयाँ अनुहार (सूचीसहित)

मोदीद्वारा मन्त्रिमण्डल पुनर्गठन, ३६ नयाँ अनुहार (सूचीसहित)

नेपालखबर
असार २४, २०७८ बिहिबार ११:१४,


भारतको मन्त्रिमण्डल पुनःगठन गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रिपरिषदमा फेरदबल गरेका हुन्। 

मोदी सरकारमा थपिएका ४३ सदस्यले बुधबार साँझ ६ बजे शपथ खाएका छन्। जसमा १५ मन्त्री र २८ राज्यमन्त्री छन्।

योसँगै मोदी नेतृत्वको मन्त्रिपरिषद् ७७ सदस्यीय बनेको छ। 

भारतीय कांग्रेस छाडेर भाजपामा प्रवेश गरेका ज्योतिरादित्य सिन्धियाले आकर्षक मानिने नागरिक उड्डयन मन्त्रालय पाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मोदी मन्त्रिमण्डलमा १२ जना दलित समुदायका सदस्य छन्। यसैगरी जनजाति ८ र महिला ११ जना छन्। 

मोदी नेतृत्वको नयाँ मन्त्रिमण्डल यस्तो छः 
-राजनाथ सिंह– रक्षा
-अमित शाह– गृह तथा सहकारिता
-नितिन गडकरी– परिवहन तथा राजमार्ग
-निर्मला सीतारमण– वित्त तथा कार्पोरेट
-नरेंद्र सिंह तोमर– कृषि
-एस जयशंकर– विदेश मन्त्री
-अर्जुन मुण्डा– आदिवासी
-स्मृति ईरानी– महिला एवं बाल कल्याण
-पीयूष गोयल– वाणिज्य, उद्योग, उपभोक्ता तथा कपड़ा
-धर्मेन्द्र प्रधान– शिक्षा, उद्यम तथा कौशल विकास
-प्रह्लाद जोशी– संसदीय मामिला
-नारायण राणे– लघु, मध्यम तथा सूक्ष्म उद्योग
-सर्बानंद सोनोवाल– पोर्ट, सिपिङ, जलमार्ग
-मुख्तार अब्बास नकवी- अल्पसंख्यक
-वीरेन्द्र कुमार– सामाजिक न्याय
-गिरिराज सिंह– ग्रामीण विकास तथा पञ्चायती
-ज्योतिरादित्य सिंधिया– नागरिक उड्डयन
-आरसीपी सिंह– इस्पात
-अश्विनी वैष्णव– रेलवे, सञ्चार तथा सूचना
-पशुपति कुमार पारस– खाद्य
-गजेन्द्र सिंह शेखावत– जलशक्ति
-किरेन रिजिजू– न्याय तथा कानुन
-आरके सिंह– ऊर्जा
-हरदीपसिंह पुरी– पेट्रोलियम, ग्यास, आवास एवं सहरी विकास
-मनसुख माण्डविया– स्वास्थ्य तथा परिवार कल्याण
-भूपेन्द्र यादव– पर्यावरण एवं वन, जलवायु परिवर्तन, श्रम एवं रोजगार
-महेन्द्र नाथ पाण्डे– भारी उद्योग
-पुरुषोत्तम रुपाला– पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादन
-जी. किशन रेड्डी– पर्यटन एवं संस्कृति
-अनुराग ठाकुर– खेल तथा युवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .