विवाद समाधानसम्बन्धी एमालेको कार्यदलले अब धेरै विवाद नगर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई सुझाव दिएका छन्।
विहान नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेर कार्यदलका संयोजक सुवास नेम्वाङ, भीम रावल र सदस्य विष्णु पौडेलले दुई नेताबीचको संवाद बढाएर पार्टी एकताको पहल थाल्न आग्रह गरेका हुन्।
‘हामीले अब धेरै संवादविहीन भएन नबस्नुस भनेर माधव कमरेडलाई भन्यौं,’ नेम्वाङले भने,‘अब विवाद बढाए विभाजन बाहेक पुग्ने अर्को ठाउँ छैन।'
कार्यदलले आइतबार तयार पारेको पार्टी एकीकरणसम्बन्धी सहमतिको प्रस्ताव सोमबार अध्यक्ष ओलीलाई बुझाएको थियो।
त्यही ड्राफ्टबारे छलफल गर्न कार्यदलका सदस्यहरु मंगलबार विहान नेपाल निवास पुगेका हुन्।
27
Shares

प्रतिक्रिया