राजनीति


राष्ट्रपति कार्यालयमा देउवाको शपथ तयारी

राष्ट्रपति कार्यालयमा देउवाको शपथ तयारी

नेपालखबर
असार २९, २०७८ मंगलबार १३:२४,

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्तिको तयारी थालेको छ। 

सोमबार सर्वोच्च अदालतले आज ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

प्रधानमन्त्रीको नियुक्ति र शपथको तयारी थालिएको राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालले बताए। 

शपथको समय भने तय भएको छैन। 

देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

देउवाले आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। 

मन्त्रालय बाँडफाँटको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच छलफल भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad