राजनीति


सरकार अधिनायकवादी सत्ता चलाउने प्रयासमा: गगन थापा

सरकार अधिनायकवादी सत्ता चलाउने प्रयासमा: गगन थापा

नेपालखबर
असार २९, २०८३ सोमबार १८:५१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार अधिनायकवादी सत्ता चलाउने प्रयास गरिरहेको बताएका छन्। 

सोमबार कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानले आयोजना गरेको छलफलका कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकार नागरिकको मुख थुन्नतर्फ लागेको बताएका हुन्। ‘राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ,’ थापाले भने। 

४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा आयोजित वृहत् बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडि तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्‍याउने कुनै अधिकार राज्यले राख्दैन।’

आफ्नो निवास अगाडि पनि गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडीमा चढेर गएको स्थानीय बासिन्दाबाट जानकारी पाएको थापाले बताए। सोमबार थापाको निवास अगाडि पनि गाडी तेर्स्याइएको थियो। 

कानुनले दिएको निकास नखोजेर सरकार आफैले समस्या सिर्जना गरिरहेको उनले बताए। ‘सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नु पर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको छ,’ उनले भने। 

कांग्रेसको छलफलमा उपत्यकामा उपलब्ध पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति र प्रतिष्ठानका सदस्यको उपस्थिति थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad