खेल


अस्ट्रेलियाविरुद्धको टी–२० शृंखला २ खेलअघि नै वेस्ट इन्डिजको पोल्टामा

अस्ट्रेलियाविरुद्धको टी–२० शृंखला २ खेलअघि नै वेस्ट इन्डिजको पोल्टामा

नेपालखबर
असार २९, २०७८ मंगलबार १३:१८,

क्रिस गेलको शानदार ब्याटिङमा वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० आई सिरिज दुई खेलअगावै आफ्नो पोल्टामा पारेको छ। 

मंगलबार बिहान भएको तेस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले टी–२० आई सिरिजको उपाधि जितेको हो। 

अस्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इन्डिजले १४.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। 

वेस्ट इन्डिजका क्रिस गेलले ६७ रनको महत्वपूर्ण योगदान दिए। 

गेलले ३८ बलमा ४ चौका र ७ छक्का हाने। गेलले स्पिनर एडम जाम्पालाई ११औँ ओभरमा लगातार तीन छक्का प्रहार गर्दै २०१६ पछि टी२० आई क्रिकेटमा पहिलो अर्धशतक पूरा गरे। 

कप्तान निकोलस पुरन ३२ र आन्द्रे रसेल ७ रनमा नटआउट रहे। पुरन र गेलले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए। 

अस्ट्रेलिया राइली मेरिडिथले ३ तथा मिचेल स्टार्कले एक विकेट लिए। 

त्यसअघि ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रनको योगफल तयार थियो। 

अस्ट्रेलिया मोइजेस हेनरिक्सले सर्वाधिक ३३ रन जोडे। एश्टन टर्नरले २४ रनमा रन आउट भए। 

पाँचौं विकेटका लागि टर्नर र हेनरिक्सले सर्वाधिक ५९ रनको साझेदारी गरेका थिए। कप्तान आरोन फिन्चले ३० रन जोडे। 

वेस्ट इन्डिजका हेडेन वाल्श जुनियरले २ तथा ड्वेन ब्राभो, फबिएन एलेन र ओबेद म्याककोयले समान एक विकेट झारे। 

पहिलो खेलमा वेस्ट इन्डिज १८ रन र दोस्रो खेलमा ५६ रनले विजयी भएको थियो। चौथो खेल बिहीबार बिहान हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad