कान्तिपुरको गेट अगाडि पार्किङ गरेर छाडिएको गाडी रास्वपा नेताको रहेको खुलेको छ। सो गाडी केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्व सदस्य रवि जयसवालको भएको पुष्टि भएको हो।
उनी महाधिवेशन पहिले रास्वपाको उक्त विभागमा थिए। जयसवालका बुबा कन्थमणिप्रसाद कलवार रौतहटको गरुडा नगरपालिकाका मेयर हुन्। गएको स्थानीय तहको निर्वाचनमा कलवार नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।
तर आफ्नो कान्छो छोरा यसअघि नै रास्वपामा प्रवेश गरेको उनले बताए। उक्त गाडी एक महिना पहिले किनेको र अहिलेसम्म पनि आफ्नो नाममा आउन बाँकी रहेको बताए। गाडी सानिमा बैंकबाट कर्जा लिएर किनेको अभिलेखमा भेटिएको छ।
बा प्रदेश ०१-०३४ च ८४८० नम्बरको गाडी तीनकुनेस्थित कान्तिपुर मिडियाग्रुपको कार्यालयको गेट अगाडि पार्किङ गरेर छाडिएको थियो। प्रहरीले क्रेनको मद्दतमा यो गाडी उठार लगिसकेको छ।
यस्तै अनलाइनखबर र हिमालयन टेलिभिजन अगाडि पनि यसैगरी गाडी पार्किङ गरिएको थियो। ती गाडी पनि प्रहरीले लगेको छ। कांग्रेस सभापति गगनकुमार थापाको घर अगाडि पनि यसगरी गाडी पार्किङ गरेको फेला परेको छ। त्यहाँ पनि अहिले प्रहरी टोली पुगेको छ।
Shares

प्रतिक्रिया