राजनीति


स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

नेपालखबर
साउन १०, २०७८ आइतबार १८:२०,

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई शपथ खुवाएका छन्। 

उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्। 

संविधानको धारा ७६ को उपधारा ९ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवा आफैँले राखेका छन्। कोरोना महामारीको समयमा लामो समयसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसैलाई पनि तोक्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad