ad ad

राजनीति


महिला हिंसा रोक्न सरकार गम्भीर : गृहमन्त्री खाण

महिला हिंसा रोक्न सरकार गम्भीर : गृहमन्त्री खाण

नेपालखबर
साउन १३, २०७८ बुधबार १८:२,

गृहमन्त्री बालकृष्ण खाणले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन्। 

गृह मन्त्रालयमा बुधबार अन्तरपार्टी महिला सञ्जालसँग गृहमन्त्री खाणले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्तै संवेदनशील र गम्भीर रुपमा अगाडि बढ्ने बताए।

महिला तथा बालबालिकामाथि बढिरहेको हिंसा रोकथामका लागि गृहमन्त्री खाणको ध्यानाकर्षण गराउन सञ्जाल गृह मन्त्रालय पुगेको थियो। भेटमा गृहमन्त्री खाणले सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा रहेको भन्दै खुल्ला रुपमा निर्वाध ढंगले जनताले बाँच्न पाउने सुरक्षा अनुभूति हुने सुरक्षा राज्यले प्रदान गर्ने बताए। 

पछिल्लो समयमा महिला तथा बालबालिकाहरूमाथि बलात्कार, हत्या जस्ता अमानवीय र क्रुर घटनालगायत जघन्य प्रकारको मानव अधिकार विरोधी कार्य भइरहेको भन्दै सञ्जालले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो।

ज्ञापनपत्र बुझाउँदै सञ्जालकी अध्यक्ष कल्याणी रिजालले महिला हिंसाको घटना बढेको भन्दै निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई न्याय दिलाउनुका साथै उचित क्षतिपूर्तिको व्यवस्था गर्नु माग गरिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .