ad ad

राजनीति


भारत र चीनले सीमामा सौहार्दपूर्ण सम्बन्धको लागि हटलाईन स्थापना गरे

भारत र चीनले सीमामा सौहार्दपूर्ण सम्बन्धको लागि हटलाईन स्थापना गरे

(फाइल तस्बिर)


नेपालखबर
साउन १८, २०७८ सोमबार १३:८, काठमाडौँ

भारत र चीनबीच सीमा विवाद जारी रहँदा दुवै देशले उत्तरी सिक्किमको सीमा क्षेत्रमा सैन्य हटलाईन स्थापना गरेका छन्।

भारतीय सेनाले उत्तरी सिक्किमको कोंग्रा ला र चिनियाँ जनमुक्ति सेनाले तिब्बतको खम्बा जोङ क्षेत्रमा सीमामा विश्वास र सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न हटलाईन स्थापना गरेको बताइएको छ।

अगष्ट एक अर्थात् चिनियाँ जनमुक्ति सेना दिवसमा यो हटलाईन स्थापना भएको हो। भारतीय सेनाका अनुसार हटलाईन उद्घाटन कार्यक्रममा दुवै आर्मीका ग्राउन्ड कमान्डर उपस्थित थिए। उनीहरुले मित्रता र सद्भाव को सन्देश दिएका थिए। 

हटलाईनको स्थापनासँगै दुवै देशका सेनाले सिधै सम्पर्क गरेर सीमा विवाद सम्बन्धी विषयमा छलफल गर्न सक्नेछन्।

गलवान उपत्यकामा गतवर्ष चिनियाँ र भारतीय सेनाबीच भिडन्त भएयता दुवै देशका सेनाबीच ११ पटकसम्म विवाद समाधान गर्ने प्रयास भएका छन्।

चाँडै १२ चरणको पनि वार्ता हुँदैछ। हटलाईन स्थापनाले सीमा विवादमा दुवै देश गम्भीर रहेको संकेत गरेको छ। द हिन्दु
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .