राजनीति


सरकारलाई कोमल वलीको प्रश्न : तुइन काटिएको घटना भारतसँग 'कम्फरटेबल' बनाउन खोजेको हो?

सरकारलाई कोमल वलीको प्रश्न : तुइन काटिएको घटना भारतसँग 'कम्फरटेबल' बनाउन खोजेको हो?

नेपालखबर
साउन १८, २०७८ सोमबार १३:४०, काठमाडौँ

राष्ट्रियसभाकी सदस्य कोमल वलीले महाकाली नदीमाथि तुइन काटिएको घटनालाई लिएर सरकारले भारतसँग हिम्मतका साथ कुरा गर्न नसकेको बताएकी छन्।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्ने क्रममा उनले यस्तो बताएकी हुन्। 

'नेपाली युवा जयसिंह धामीले तुइन तर्न एक मिटर मात्रै बाँकी हुँदा एसएसबीले काटेको कुरा आइसकेको छ। प्रत्यक्षदर्शीले पनि यो कुरा भनिसकेका छन्', उनले भनेकी छन्, 'एसएसबीले तुइन काटेपछि नेपाली युवा बेपत्त भएका कुरा छर्लंग भइसकेको छ। यो जति भर्त्सना गरे पनि कम हुन्छ। मानवताविरोधी र क्रुर अनि लज्जास्पद पनि छ।'

उनले सरकारलाई समिति बनाएर मात्रै नबस्न पनि आग्रह गरिन्। 'नेपाल सरकारले समिति मात्रै बनाएर बस्ने कि हिम्मत बनाएर भारतलाई सोध्ने पनि', उनले भनिन्, 'कि यो सरकारले भारत सरकारसँग 'कम्फर्टेबल' बनाउन खोजेको हो?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .