राजनीति


लुम्बिनीमा ४१ सांसदको हस्ताक्षरसहित सरकारमा विपक्षीको दाबी

लुम्बिनीमा ४१ सांसदको हस्ताक्षरसहित सरकारमा विपक्षीको दाबी

नेपालखबर
साउन १८, २०७८ सोमबार १३:५७, काठमाडौँ

लुम्बिनी प्रदेशमा ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित विपक्षी दलका सांसदहरुले सरकारमा दाबी गरेका छन्। 

विपक्षी दलहरु कांग्रेस, माओवादी र जनता समाजवादी दलका ४१ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाए नयाँ सरकारमा दाबी गरेका हुन्। 

विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न मागसहित निवेदन दिएको हो।

विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परिसकेको दाबीसहित बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेको पनि जिकिर गरेका छन्। उनीहरुले मुख्यमन्त्री पोखरेलले तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवसँगको मिलेमतोमा अल्पमतमा रहेर पनि जबरजस्ती सरकार चलाइरहेको पनि जिकिर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .