राजनीति


सांसद भट्टराईको कटाक्ष : दार्चुला घटनाले ‘परालखुट्टे’ सरकारको हैसियत देखियो

सांसद भट्टराईको कटाक्ष : दार्चुला घटनाले ‘परालखुट्टे’ सरकारको हैसियत देखियो

नेपालखबर
साउन २०, २०७८ बुधबार १५:५४, काठमाडौँ

राष्ट्रियसभामा नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले दार्चुलामा भारतीय एसएसबीले नेपाली युवा सवार तुइन काटिदिएको एउटै घटनाले शेरबहादुर देउवा नेतृत्वको सरकारको कमजोर धरातल उदाङ्गो भएको बताएका छन्। 

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा बोल्दै भट्टराईले दार्चुलामा जयसिंह धामी चढेको तुइन एसएसबीले डोरी काटिदिँदा महाकाली नदीमा खसेको भन्न पनि सरकारले आँट नगरेको आरोप लगाएका छन्।

‘एसएसबीले डोरी काटिदिँदा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका हुन्। देख्ने, जान्नेले यही भनेका छन्’, भट्टराईले बैठकमा भने, ‘यो घटनामा सरकार किन खुट्टा कमाउँदैछ? भारतीय पक्षसँग वार्ता गर्नु पर्दैन? भारतीय राजदूतलाई बोलाएर सोध्नु पर्दैन?’

भट्टराईले एसएसबीका जवानलाई कारबाही गराउनसमेत सरकारले हैसियत नराखेको भन्दै सरकारको कमजोर जग यसको कारण भएको बताएका छन्। ‘दार्चुलाको एउटै घटनाले परमादेशवाला सरकारको पराल खुट्टा देखिएको छ’, भट्टराईले कटाक्ष गर्दै भने। 

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन हटाउने नीति लिए पनि सीमाक्षेत्रका पुल निर्माणमा भारतको पनि सहमति चाहिने हुँदा ढिला भएको भन्दै बचाउ गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .