ad ad

राजनीति


लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा शपथ ग्रहण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा शपथ ग्रहण

नेपालखबर
साउन २८, २०७८ बिहिबार १८:३४, काठमाडौँ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख कार्यालयमा बिहीबार अपरान्ह गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरुप प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई शपथ ग्रहण गराए। केसीले शपथग्रहण लगत्तै कार्यभार सम्हालेका छन् ।  

यसअघि प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 

संविधान अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । केसीले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका ४१ सांसदको समर्थनमा सरकारका लागि दाबी गरेका थिए। 

माओवादी केन्द्रका सांसद केसी रोल्पा क्षेत्र नम्बर १ (क)बाट निर्वाचित भएका थिए। गठबन्धनले बिहीबारै मन्त्रिमण्डल गठन गर्दैछ। 

जसअनुसार जनता समाजवादी पार्टी (जसपा) बाट ३, माओवादी केन्द्र, नेपाली कांग्रेस र स्वतन्त्र सांसद १ जनासमेत गरी सात सदस्यीय मन्त्रीमण्डल गठन हुने छ।

जसमा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, कांग्रेसबाट डिल्लीबहादुर चौधरी, जसपाबाट सहसराम यादव, सुमन रायमाझी, पुर्मती ढेंगा मगर र स्वतन्त्र सांसद अजय शाही मन्त्री बन्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .