प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् महेश बस्नेतले नेपाली जनताले अहिले केपी शर्मा ओलीलाई सम्झिरहेका बताएका छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् बस्नेतले जनताले फेरि पनि केपी ओलीलाई सम्झिन थालिसकेको बताएका छन्।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले काम गरिरहेकालाई पनि हटाउन खोजेको बस्नेतले बताएका छन्।
'जनताले अहिले 'वी मिस केपी ओली' भनिरहेका छन्, किन भने ओली सरकारले विगतमा राम्रो काम गरिरहेको थियो,' उनले भने, 'वर्तमान प्रधानमन्त्रीले काम गरिरहेका राजदूत हटाउने, नयाँ सरकार बनाउन नसक्ने, परराष्ट्र मन्त्री बनाउन नसक्ने हो भने के फेरि पनि केपी ओलीको सरकार ल्याउनुपर्ने हो ? यो नेपाली जनताको आवाज हो, यसमा सरकारको ध्यान जाहोस्।'
अघिल्लो सरकारले चीनको वुहानबाट विद्यार्थीको उद्धार या अफगानिस्तानबाट नेपालीको उद्धारमा खेलेको भूमिकाबाट वर्तमान सरकारले सिक्नुपर्ने सुझाव पनि उनले दिए।
अफगानिस्तानमा रहेका नेपालीलाई ल्याउन सरकारले किन ढिला गरिरहेकोमा पनि उनले प्रश्न गरे।
'अनलाइन फर्म भरेर समिति बनाएर सरकार पन्छिन मिल्छ ?', उनले सोधे, 'जयसिंह धामी प्रकरणबारे छानबिन प्रतिवेदन पेस गरियोस्।'
Shares

प्रतिक्रिया