ad ad

राजनीति


कञ्चनपुरमा शिक्षकमाथि प्रहरी दमनको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

कञ्चनपुरमा शिक्षकमाथि प्रहरी दमनको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार १३:४१, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय परिसरमा प्रहरीले शिक्षकमाथि गरेको बल प्रयोगको छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्। 

उनले नेपाली कांग्रेसका नेता रमेश लेखकसँग पेशागत माग अघि सारेर अनशनरत नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुमाथि प्रहरीले गरेको बल प्रयोगको छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन्। 

‘प्रहरी दमनका विषयमा माननीय गृहमन्त्री बालकृष्ण खाणज्यूसँग मैले कुरा गरेको छु’, लेखकले भने, ‘घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्ने प्रतिबद्धता माननीय मन्त्रीज्यूले व्यक्त गर्नुभएको छ।’

शिक्षक संघले भीमदत्त नगरपालिकामा पेशागत मागहरु राखी अनशन बसिरहेका शिक्षकहरुमाथि भएको प्रहरी दमनको भत्र्सना गर्दै उनले गृहमन्त्री खाणसँग दोषीमाथि कारबाहीको माग गरेको पनि बताए।  

शिक्षक संघले पेशागत माग अघि सारेर अनशन बसिरहेका शिक्षकहरु र शिक्षकहरुका मागमा ऐक्यवद्धता जनाउन गएका कांग्रेस कञ्चनपुर र भ्रातृ संस्थाका नेता–कार्यकर्तामाथि शुक्रबार बिहान प्रहरीले बल प्रयोग गरेको थियो। 

प्रहरीले गरेको लाठी चार्जमा शिक्षक विरेन्द्र बोहरा, नेपाल विद्यार्थी संघ ९नेविसंघ०का पूर्वसहमहामन्त्री अच्युत कलौनी र कांग्रेस भीमदत्त नगरपालिका–१८ का सभापति राजेन्द्र केसी घाइते भएका छन्। 

शिक्षक बोहराको महाकाली अञ्चन अस्पतालमा उपचार भइरहेको छ। अन्य दुई जना उपचारपछि घर फर्किएका छन्। 

शिक्षक संघ नगरपालिकाले दरबन्दी मिलानमा अनियमितता गरेको आरोप लगाउँदै गत साउन ३ गतेदखि आन्दोलन गर्दै आएको छ। 

संघले साउन १६ गतेबाट नगरपालिका कार्यालयमा रिले अनशन सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .