खेल


राखेप कर्मचारी संघले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र

राखेप कर्मचारी संघले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार १३:२७, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले आफ्ना समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।

संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले शुक्रबार बालुवाटरमा खेलकुद परिषद, खेल क्षेत्रमा रहेका विकृति र विसंगति तथा कर्मचारीका हकहितका विषय समेटेर परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो। 

ज्ञापनपत्रमा लामो समयदेखि बढुवा नभएको, करार व्यवस्थापन गर्नुपर्ने, स्थायी प्रक्रिया थाल्नुपर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाइएकोमा समायोजन गर्नुपर्ने, उपदान रकम १५ प्रतिशत कट्टा गरिएकोमा निजामती कर्मचारीसरह नै ५ प्रतिशत मात्रै कट्टा गर्नुपर्ने र निजामती कर्मचारीसरह नै सेवा तथा सुविधा प्राप्त गर्नुपर्ने लगायतका माग समेटिएका छन्। 

राखेपमा कार्यरत कर्मचारीहरुको २०६३ सालदेखि बढुवा प्रक्रिया रोकिएको छ। २०६१ सालदेखि स्थायी पदपूर्ति गरिएको छैन। 

व्यवस्थापनले भित्रभित्रै मनोमानी ढंगबाट आफ्ना मान्छे करारमा नियुक्त गरेको संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .