राजनीति


'सबैलाई मिलाउने क्षमता छ, सभापतिको उम्मेदवारबाट पछि हट्दिनँ'

'सबैलाई मिलाउने क्षमता छ, सभापतिको उम्मेदवारबाट पछि हट्दिनँ'

नेपालखबर
भदौ ५, २०७८ शनिबार १८:६, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। 

शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले पार्टी सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन्। 

उनले आमजनताको दु:खमा मलमपट्टी लगाउन पनि आफू कांग्रेस सभापति बन्नु पर्ने तर्क गरेका छन्। 

‘आमजनताको दु:खमा मलमपट्टी लगाउन भए पनि म कांग्रेस सभापति बन्नु पर्छ,’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता मसँग छ। पार्टी सञ्चालन गर्ने क्षमता छ। म किन पार्टी सभापति नबन्ने? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ। ’

नेता सिंहले १३ औं महाधिवेशनपछि नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थाम पुगेको पनि बताए। 

नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कम्जोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफै बञ्चरो हानेसरह हुने टिप्पणी गरे ।

यस्तै उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए। नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी जनताको पार्टी भएको पनि दाबी गरे।

केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि क्रियाशिल सदस्यता वितरणमा अनियमितता गर्दा वर्षौँदेखि पार्टीमा संघर्ष गरेका नेता-कार्यकर्ता निराश हुनुपरेको पनि उनले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .