राजनीति


प्रतिगमनको मतियार बनेका ‘सन्त महन्थ’को पतन : उपेन्द्र यादव

प्रतिगमनको मतियार बनेका ‘सन्त महन्थ’को पतन : उपेन्द्र यादव

शैलेन्द्र महतो
भदौ ११, २०७८ शुक्रबार १९:२९, जनकपुरधाम



जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभएको तर्क गरेका छन्। शुक्रबार जनकपुरमा जसपाले आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जसपा विभाजन नभएको दावी गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले महन्त राजेन्द्र समूहको उद्धार गरेको टिप्पणी गरेका हुन्। 
 ‘पुर्व राजपाका ८० प्रतिशत नेता जसपामै छ। केही व्यक्ति मात्रै बाहिरिएका छन्। एक÷आध व्यक्ति समुह बनाएर जाँदैमा त्यसलाई पार्टी विभाजन भन्न मिल्दैन’  अध्यक्ष यादवले भने,  ‘उनीहरु गएपछि पार्टी शुद्धि र सुढृढ पनि भएको छ।’ 
अर्को प्रसंगमा उनले महन्थ ठाकुरप्रति लक्षित गर्दै संसद भंग गर्ने प्रतिगमनको मतियार बनेका ‘सन्त महन्थ’को पतन समेत भएको तर्क गरे। 
उनले भने, ‘सन्त महन्थ समूहले विधि र अनुशासन दुवै उल्लंघन ग¥यो। त्यसकै फलस्वरुप पतनको दिशातर्फ गयो।’ 

जसपाकै वरिष्ठ नेता अशोक राईले नेता कार्यकर्तालाई अगामी निर्वाचनको विषयमा तयारी अहिलेदेखि नै सुरु गर्न निर्देशन दिए। समायोजन, निर्वाचनको खर्च मूल्यांकन, उम्मेदवार र अन्य दलबारे अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ। 

कार्यक्रममा जसपाका वरिष्ट नेता महेन्द्र राय यादव, नेतृ रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा धनुषा, महोत्तरी, सिरहा सर्लाही लगायत प्रदेश भरिबाट नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .