राजनीति


प्रदेश २ का ११ जसपा सांसदको लोकतान्त्रिक समाजवादीमा सनाखत

प्रदेश २ का ११ जसपा सांसदको लोकतान्त्रिक समाजवादीमा सनाखत

शैलेन्द्र महतो
भदौ १६, २०७८ बुधबार १५:५४, काठमाडौँ

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ११ सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी दलमा सनाखत गरेका छन्। 

सांसद जितेन्द्र सोनलको नेतृत्वमा ११ सांसदले बुधबार सनाखत गरेका हुन्। लोसपासँग हाल २२ सांसद छन्।

बुधबार प्रदेश २ निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी दलमा सांसदहरूले सनाखत गरेका हुन्।

जसपा एकीकृत हुँदा पूर्वसमाजवादी फोरम का ३० र राजपाका २५ गरी ५५ सांसद थिए। 

जसपा विभाजन भएसँगै महन्थ ठाकुर पक्षले सो दलको आधिकारिकता गुमाएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै ठाकुरले लोकतान्त्रिक समाजवादी दल दर्ता गरेका हुन्।

दल विभाजन भएको २१ दिनसम्म सांसदहरूले दल रोज्न पाउँछन्। लोकतान्त्रिक समाजवादी दल यही भदौ १ गते निर्वाचन आयोगमा दर्ता भएको हो। सो दलले भदौ ९ गते आधिकारिकता पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .