ad ad

राजनीति


इटहरीका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा, महिलाले लगाए कार्यकक्षमा ताला

इटहरीका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा, महिलाले लगाए कार्यकक्षमा ताला

विरोधमा उत्रिएका महिलाले बुधबार इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको कार्यकक्षको ढोकाअगाडि टाँगेको ब्यानर। कार्यकक्षमा उनीहरूले ताला पनि लगाएका छन्।


कृष्ण बहाब
असोज ७, २०७८ बिहिबार ७:५६, काठमाडौँ

बारम्बार विवादित विषयले चर्चामा आइरहने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा परेका छन्। 

कार्यालयमा सेवा लिन आएका महिलालाई अपशब्द बाेल्दै दुर्व्यवहार गरेकाे भन्दै महिला अधिकारकर्मीले उनीविरुद्ध आन्दोलन थालेका हुन्।

नाराबाजी गर्दै विराेधमा उत्रिएका महिला अधिकारकर्मीहरूले बुधबार मेयर चौधरीको कार्यकक्षमा ताला लगाइदिएका छन्।

मेयर चौधरीले केही दिनअघि कार्यकक्षमै महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेकाे आरोप लागेको हाे।

सरकारी सेवा लिन गएका बेला मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो’ भनेर अपमान गरेको आरोप छ।

आन्दोलनरत महिलाले बुधबार उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कार्यालय परिसरमा ‘संयुक्त विरोध कार्यक्रम’ गरेका हुन्। उनीहरूले चौधरीलाई कारबाही गर्न माग गरेका छन्। कारबाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

यसअघि पनि उनले पत्रकारको नाक भाँच्न बजेट छुट्याएको तथा महिलालाई नै दुर्व्यवहार गरेको लगायत घटना सार्वजनिक भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .