ad ad

राजनीति


पाँच प्रतिस्पर्धीलाई पछि पार्दै पोखरा महानगरको सभापतिमा बिजुक्छे विजयी

पाँच प्रतिस्पर्धीलाई पछि पार्दै पोखरा महानगरको सभापतिमा बिजुक्छे विजयी

फाइल तस्बिर : कांग्रेसकाे पोखरा महानगर सभापतिमा विजयी सुरेन्द्रमान बिजुक्छे।


वाशुदेव मिश्र
असोज १०, २०७८ आइतबार ९:२३, काठमाडौँ

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन्। ४१४ मत प्राप्त गरी उनले बाँकी ५ प्रतिस्पर्धीलाई पछि पारेका हुन्। उनलाई पत्रकारसमेत रहेका गंगाधर पराजुलीले ३४६ मतले पछ्याए।

पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता रहेकामा १ हजार ३४४ मत खसेको थियो। 

निर्वाचन अधिकृत आरसी विमलका अनुसार सभापतिको अन्य प्रत्यासीमा रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल  र मोहनप्रसाद बास्तोला थिए।

यस्तै उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल विजयी भए। उनीहरूले क्रमशः ५६९ र ४६४ मत ल्याए।

सचिवमा टुवराज बास्तोलाले ८५८ र गणेशहादुर थापाले ७८९ मतसहित विजयको माला पहिरिए। सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी भए। उनीहरूले क्रमशः ४६५ र ४५८ मत पाए।

नगर उपसभापतिका लागि कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम राणा, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल चुनावी मैदानमा थिए।

सचिवका लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारी तथा सहसचिवका लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, सञ्जय आले र संघर्ष कोइरालाबीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .