ad ad

राजनीति


ललितपुरका ६ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

ललितपुरका ६ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

नेपालखबर
असोज १२, २०७८ मंगलबार ११:८, काठमाडौँ

नेपाली कांग्रेसले ललितपुरका ६ वटै सथानीय तहमा पार्टी नेतृत्व चयन गरेको छ। १४ औं महाधिवेशन अन्तर्गत ललितपुरका स्थानीय तहमा कांग्रेसले अधिवेशसन सम्पन्न गरेको हो।

ललितपुरका ६ मध्ये ३ वटा स्थानीय तहमा सर्वसम्मत र ३ वटामा भने निर्वाचनको माध्यमबाट नयाँ कार्यसमिति चयन गरिएको कांग्रेसले जनाएको छ।

गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।

गोदावरी नगरपालिकाको सभापतिमा प्रदीप जोशी चयन भएका छन्। त्यसैगरी बागमती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाँउपालिकामा खोमप्रसाद दाहाल सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका कांग्रेसले जनाएको छ। उनीहरु तीनैजना संस्थापन पक्षका हुन्।

त्यसैगरी ललितपुरको कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा मतदान प्रक्रियाबाट पार्टीको नयाँ नेतृत्व चयन गरिएको कांग्रेसले जनाएको छ। 

ललितपुर महानगरपालिकामा २ सय ८२ मतसहित सुभानन ध्वाख्वा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी गणेशभक्त श्रेष्ठले २ सय २१ प्राप्त गरेका छन्।

महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भएका छन्। उनले ८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुशील खड्काले ८० मत प्राप्त गरेका छन्। 

कोन्ज्योसोम गाउँपालिकामा ४५ मतसहित सरोज घलान सभापति पदमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी जीवन बलले ३७ मत प्राप्त गरेका कांग्रेस ललितपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .