ad ad

राजनीति


अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने

अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने

नेपालखबर
असोज १५, २०७८ शुक्रबार २१:४६, काठमाडौँ

अखिल (क्रान्तिकारी) ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी सांगठनिक प्रस्ताव गरेको छ। 

क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको आज दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त प्रस्ताव गरिएको अध्यक्षका प्रत्यासी रहेका प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए।

सम्मेलनले एक अध्यक्ष, तीन खुला उपाध्यक्ष, चार समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव,  प्रदेशबाट आठ सचिव, समावेशीबाट पाँच  सचिव  र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ।

आजको बन्दसत्रमा नेकपा (माओवादी केन्द्र) का नेताहरु नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक राजनीतिक विषय र क्रान्तिकारीले अंगीकार गर्नुपर्ने शैक्षिक मुद्दा तथा आन्दोलनका बारेमा प्रशिक्षण  दिएका थिए।

त्यसअघि बन्द सत्रमा अध्यक्ष रञ्जित तामाङले २२औँ राष्ट्रिय सम्मेलन आयोजक समिति भंग गर्दै बन्द सत्र सञ्चालन गर्नका लागि मिलन एमसी, क्षितिज सापकोटा, सुमन थुलुङ, वीरबहादुर थापा, पेमा लामा, भोला यादव, सामना श्रेष्ठ, जागृति पौडेल र नग्मा माली रहेको नौ सदस्यीय अध्यक्ष मण्डल गठन गरेका थिए।

बन्द सत्रको हलमा अध्यक्ष तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन्। सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको क्रान्तिकारीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .