नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर समातेर वैतरणी तरेको बताएका छन्।
उनले एमाले छाडेर जानेहरूलाई बिग्रिएकाहरुको संज्ञा पनि दिए। 'छोडेर जानेहरू बिग्रिएका हुन्, यहाँ बस्नेहरु सप्रिएका हुन्', उनले भने, 'हाम्रो सरकार ढाल्न खोज्नेहरू विरोधी हुन्।'
ओलीले एमाले बिगार्न नसकेपछि माधव नेपाल कांग्रेस र माओवादीको सहारामा पार्टी चोइट्याएर हिँडेको बताए।
'माधव नेपाल कांग्रेसको पुच्छर समातेर वैतरणी तरे', उनले भने, 'आफ्नै सरकार ढालेर गालामा थप्पड हाने। पार्टी फुटाउन नसकेपछि चोइटिएर गएकाहरु कांग्रेस-माओवादीको पछि लागेर हिँडेका छन्।'
72
Shares

प्रतिक्रिया