राजनीति


सरकारबारे ओलीको टिप्पणी : आफ्ना नागरिक मारिँदा दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन

सरकारबारे ओलीको टिप्पणी : आफ्ना नागरिक मारिँदा दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन

नेपालखबर
असोज १७, २०७८ आइतबार १७:८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय सुरक्षाकर्मीबाट आफ्ना नागरिक मारिँदा पनि शेरबहादुर देउवा नेतृत्वको सरकार बोल्न नसकेको भन्दै कटाक्ष गरेका छन्।

महाकालीमा गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा ज्यान गुमाएका दार्चुलाका जयसिंह धामीतर्फ इंगित गर्दै उनले यस्तो बताएका हुन्। 

'यो कस्तो सरकार आफ्ना नागरिकको हकबारे बोल्न सक्दैन', उनले भने, 'यो सरकारलाई खानको भन्दा अरु कुनै कुराको ध्यान छैन। आफ्ना नागरिक मारिँदा पनि यो सरकार दक्षिणतिर फर्किएर पनि बोल्ने हिम्मत राख्दैन।'

उनले एक महिनामा के के गर्छौँ भनेको यो सरकार अढाई महिनामा पनि विस्तार हुन नसकेको बताए। 

'एक महिनामा के के गर्छौँ भनेका थिए अढाई महिना पनि सरकार बन्दैन', उनले भने, 'यो सरकारलाई खानको भन्दा अरु कुनै मतलब नै छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad