ad ad

राजनीति


अध्यक्ष ओलीप्रति असन्तुष्टि जनाउँदै एमाले प्रदेश २ कमिटीका २५ सदस्यले दिए सामूहिक राजीनामा

अध्यक्ष ओलीप्रति असन्तुष्टि जनाउँदै एमाले प्रदेश २ कमिटीका २५ सदस्यले दिए सामूहिक राजीनामा

शैलेन्द्र महतो
असोज १८, २०७८ सोमबार १०:२८, काठमाडौँ

एमालेको मूल नेतृत्वसँग असन्तुष्ट प्रभु साहनिकटका २५ जना प्रदेश सदस्यले आइतबार सामूहिक राजीनामा दिएका हुन्। 

विज्ञप्ति जारी गरी उनीहरूले सामूहिक राजीनामा दिएको जानकारी दिएका हुन्। 

विज्ञप्तिअनुसार एमाले प्रदेश २ कमिटीका सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, शिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फूलझरी देवी, योगेन्द्र साह, मोहम्मद सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहताले एकसाथ राजीनामा दिएका हुन्। 

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले केही दिनअघि पत्र लेखेर नेतृत्वसँग ८ बुँदे माग राखेका थिए। माग सम्बोधन नगरी नतृत्व स्वेच्छाचारी ढंगले अघि बढिरहेको भन्दै राजीनामा दिइएको उनीहरूले बताएका छन्। 

कम्युनिस्ट आन्दोलनमा योगदान गरेका व्यक्तिहरूलाई अवसर दिइनुपर्नेमा राजा–महाराजाको शैलीमा विधि प्रक्रिया, मापदण्ड तथा विगतमा गरेका सबै सहमति एवं सम्झौताविपरीत महाधिवेशनको मुखमा आफ्नो खल्तीका मान्छे र चाकडी गर्नेलाई कमिटीमा राखिएको आरोप राजीनामा दिएकाहरूले लगाएका छन्। 

एमालमै लाग्दा सांसद पद गुमाएका साह पछिल्लो समय पार्टीसँग असन्तुष्ट छन्। उनी आइटी आर्मीको नामको संगठन खोलेर राजनीतिक गतिविधिमा सक्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .