ad ad

राजनीति


'प्रचण्डपथ छाडेपछि माओवादी बिग्रियो, टुटफुट आयो, विभाजित भयो'

'प्रचण्डपथ छाडेपछि माओवादी बिग्रियो, टुटफुट आयो, विभाजित भयो'

फाइल फोटो


नेपालखबर
असोज २३, २०७८ शनिबार २२:४, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेकैले माओवादी बिग्रिएको बताएका छन्। 

सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समिति कार्यक्रममा शनिबार बोल्दै उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेपनि त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन्।

‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो । तर, त्यसलाई छाड्दा सवथोक विकेन्द्रीकरणतर्फ गयो,’ उनले भने, ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्छ ।’

उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित रूपमा विकास गर्नुपर्ने बताए। 

‘जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताका गल्तीमा जनताले औंला ठड्याउन पाउनुपर्‍यो । हामीले गरेका गल्तीमाथि जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्‍यो', उनले भने, 'यस्तो पार्टी बनाउनुपर्‍यो। अबको पार्टी विधि र पद्धतिमा चल्छ। प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन हुन्छ।'

त्यसका लागि संगठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔँ टोलबाट, पार्टी बनाऔँ सेलबाट’ नारा पास गरेको उनले बताए। 

यसलाई देशभर अभियानका रूपमा लागू गर्नुपर्ने जरुरुी रहेको उनले बताए। पार्टीको पक्षमा ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ संगठनात्मक फर्मुला समेत तयार गरेको उनले बताए। 

शर्माले अबदेखि पार्टी र जनसंगठनका हरेक कमिटीहरू आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा अनिवार्य जोडिनुपर्ने बताए। 

हरेक कमिटी र व्यक्ति आर्थिकरूपमा आत्मनिर्भर भएपछि मात्रै समाजवाद आउने भएकोले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .