ad ad

राजनीति


अखिल (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित

अखिल (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित

नेपालखबर
असोज २४, २०७८ आइतबार १४:५०, बुटवल

अखिल (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न संगठनको २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवाश जिसी निर्वाचित भएका छन्। सचिवमा सरोजमान सिंह र ईन्द्रमणी पाण्डेलाई तथा कोषाध्यक्षमा प्रतिभा आचार्य निर्वाचित भएका छन्।

सचिवालय सदस्यमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक निर्वाचित भएका छन्।

सदस्यहरुमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्रा विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेलवासे, ऋषव आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सूदीप पौडेल, केशव बुढाथोकी, दानु सारु र विमल पाण्डे चयन भएका छन् भने लक्ष्मण विक, दीपेन्द्र पौडेल, जीवन नेपाली, सञ्जिला बुढा, सगर सुवेदी, कर्म जोशी, तृसना श्रृनेत र गणेश सापकोटा वैकल्पिक सदस्यमा चयन भएका छन्।

निवर्तमान अध्यक्ष विमल पोखरेल र गोपाल प्रसाद भट्टराई सल्लाहकारमा चयन भएका छन्। 

‘राष्ट्रियताको रक्षा र मौलिक आन्दोलनका लागि हाम्रो आन्दोलन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २२ औँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ असोज २२ गतेदेखि बुटवलमा सम्मेलन सुरु भएको हो ।

सम्मेलनले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन गर्नुका साथै विशेष प्रस्तावहरु पारित गरेको छ। यस्तै सम्मेलनले आगामि कार्यक्रम पनि तय गरेको छ।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले असोज २२ गते गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .