नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
लामो समयदेखि दमबाट पीडित वैद्यको दम बढेपछि अस्पताल लगिएको हो। उनको छातीको एक्सरे गरिएको र छातीमा सामान्य दाग देखिएको चिकित्सकले बताएका छन्।
उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।
12
Shares
प्रतिक्रिया