ad ad

राजनीति


रक्षामन्त्री रिजालद्वारा सैनिक मुख्यालयको निरीक्षण

रक्षामन्त्री रिजालद्वारा सैनिक मुख्यालयको निरीक्षण

नेपालखबर
असोज ३१, २०७८ आइतबार १५:५, काठमाडौँ

रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्‍डाको निरीक्षण गरेका छन्। 

आइतबार जंगी अड्डा पुगेर रक्षामन्त्री रिजालले विविध विषयबारे जानकारी लिएको नेपाली सेनाले जनाएको छ। उनलाई प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए। 

त्यसक्रममा प्रधानसेनापति शर्माले रक्षामन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकिकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

साथै, नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास समेत दिलाएका थिए।

तत्पश्‍चात रक्षामन्त्रीलाई नेपाली सेना सम्बन्धी विविध पक्षहरुमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो। 

कार्यक्रममा सम्बोधन गर्दै रक्षामन्त्री रिजालले नेपाली सेनाले देशभित्र विपद व्यवस्थापन र कोभिड–१९ महामारी बिरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।   

उनले आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिबृद्धिका लागि प्रयत्नशील रहने तथा नेपाली सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि हर सम्भव प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्‍याल, रक्षा मन्त्रालयका प्रतिनिधिहरु तथा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .